पब्लिकेशन नेपालयले प्रकाशन मा ल्याएको नारायण वाग्ले को यो उपन्यास पल्पसा क्याफे रेडियोवाचनमा आज अच्युत घिमिरेको स्वरमा सातौँ अंकको वाचन लिएर हामी उपस्थित भएका छौँ ।
पल्पसा मरिसकेकी छ, माओवादीले थापेको धरापमा उ चढेको बस परेको थियो तर सँगै रहेको दृश्य बाँचेको थियो । आफ्नी प्रेमिका गुमाएको दृश्य, पल्पसाको हजुरआमालाई भेट्न जान्छ तर अचम्म हजुरआमालाई नातिनी पल्पसा मारिएको थाहा छैन । मारिनेहरु को नाम अहिले सम्म खुलेको छैन, र पछि सम्म पनि खुल्ने छैन, उनीहरु सँधै वेपत्ता नै ठहरिनेछन् । यो युद्ध को ऋतु हो, यसैगरि मन बुझाउनु परेको छ । अहिले जन्मेका भए, बुद्ध ले पनि बन्दुक बोक्थे रे !
पल्पसा मारिइसकेकी छ, तर उसले लेखेको पत्र दृश्य पढ्दै छ, दृश्यले हजुरआमालाई पल्पसा मरिसकेको कुरा बताउन सकेको छैन, हजुरआमा किन पल्पसा आइन भनेर बस्नुभएको छ । जतिजति पत्र पढ्दैजान्छ, त्यति त्यति दृश्य मर्माहत हुँदैजान्छ । ग्यालरी पनि बन्द छ, फुलन ले पनि चिठि लेखेर छोडेकीरहेछ, ग्यालरी मा, उसले लेखेकी छ, पल्पसा सँग विवाह गर्नुहोस्, दाइ ।
अब दृश्य पल्पसा सिरिज गर्दैछ, उ पल्पसा को याद मा केही चित्रहरु कोर्दैछ । उसको प्रेम, जो यस संसारबाट बिदा भइसकेको छ, उनैको याद मा पल्पसा सिरिज गर्दैछ, उसलाई एकान्त चाहिन्छ । डचकेटी क्रिष्टिना, रिपोर्टिङ गर्न नेपाल मा छे । दृश्य को ग्यालरी उसलाई निकै मन परेको छ । क्रिष्टिना र दृश्यको संवादहरु सँगै आजको वाचन सकिन्छ ।
पल्पसा क्याफे को सातौँ अंक सम्म आइपुग्दा, कथाले धेरै घुम्ति पार गरिसकेको छ । नारायण वाग्ले को उपन्यास, पल्पसा क्याफे, रेडियोवाचन को यो बसाइमा अच्युत घिमिरे वाचन गरिरहेकाछन्, पल्पसा क्याफे को सातौँ अंक ।
अब हामीसँग अझै केहि अंक बाँकि छ, जुन हामी आगामी हप्ताहरुमा सुनाउने छौँ । सम्भव भएसम्म, पल्पसा क्याफेका लेखक नारायण वाग्लेसँग गरिएको कुराकानी पनि हामी आगामी अंकहरुमा समेट्ने प्रयत्न गर्नेछौँ ।
Tuesday, 19 May 2009
Monday, 6 April 2009
Exclusive : नेपाली रुपैयाँ को नोटमा प्रचण्ड को फोटो छापिने
नेपाली रुपैयाँ को नोटमा अब प्रचण्ड को फोटो छापिने भएको छ । हाम्रा प्रधानमन्त्री पुषपकमल दाहाल "प्रचण्ड" अहिले नर्वे लगायत का मुलुकहरुको को भ्रमणमा रहेकाछन् । जलस्रोत तथा विद्युत उर्जाका सम्बन्धमा छलफल गर्न नर्वे गएको भनिएपनि प्रचण्ड ले आफ्नो फोटो कागजी नोटमा छाप्ने व्यवस्था बारे पनि नर्वेका अधिकारीहरुसँग छलफल गरेका कुरा, आकारपोष्ट का नर्वेस्थित एक पाठक ले जनाएकाछन् । नर्वेबाट आकारपोष्ट ब्लग पढ्दै र कमेन्ट गर्दै आएका हाम्रा एक पाठकले यो कुरा हामीलाई जानकारी गराएकाहुन् ।
विगत १०० वर्षमा नेपाल ले जम्मा ६१० मेगावाट विद्युत उत्पादन गरेको, तर प्रधानमन्त्री प्रचण्डले १० वर्ष भित्र १० हजार मेगावाट विद्युत उत्पादन हुने कुरा केही समय पहिले बताएका थिए । स्रोत भन्छ, १० वर्ष भित्र १० हजार मेगावाट भन्ने कुरा ले नर्वेका राजा समेत छक्क परेका थिए । नेपाल को राजनितिक अस्थिरता र माओवादीको कोकल्याँटोपन देखेका, भोगेका, र माओवादी को प्रतिबध्दता को कार्यान्वायन कस्तो हुन्छ भनेर थाहा पाएका नर्वेजियनहरुलाई प्रधानमन्त्री प्रचण्ड को कुरा नपचेको भेद, अस्ति आयोजित रात्रीभोजमा उनीहरुले व्यक्त गरेका थिए । उनीहरु को सुझाव थियो, हामी सहयोग गर्न तयार छौँ, तर तत्कालिन माओवादीले गरेका राजनितिक प्रतिबद्धताहरु पहिले पुरा गरेर माओवादीले देखाओस् ।
जलविद्युत र उर्जाबारेको छलफल सँगै, प्रचण्ड ले कागजी नोट छाप्ने व्यवस्था बारेपनि छलफल र सोधखोज गरेका थिए । अहिले कागजी नोट छपाइ भइरहेको देशको कम्पनीमा बढि रुपैयाँ तिर्नुपरिरहेको तथ्य नेपाल राष्ट्र बैंकले केहिसमय पहिले सार्वजनिक गरेपछि प्रचण्डले यसबारे चासो लिएका थिए । हाम्रा देशका नेता न हुन्, कहिले आफ्नो प्रतिबद्धता पुरा गर्छन् र भनिएर सोचिएको भएपनि, हाम्रो सोचाइलाई पुर्णत असफल पार्दै, उनले नर्वेको कागजी नोट छाप्ने कम्पनीबारे सोधखोज गरिएको थियो । यो त भयो नोट छाप्ने कुरा, अझ नर्वेजियनहरुको सल्लाह अनुसार नोटमा आफ्नै फोटो छाप्न चाहेको कुरा प्रचण्ड ले बताएकाछन् । स्मरणीय रहोस्, लोकतन्त्र र गणतन्त्र को प्राप्ति सँगै नेपाली कागजी नोटबाट राजाका तस्विरहरु हटाएर सगरमाथाको फोटो राखिएको थियो ।
कागजी नोटमा सगरमाथा अस्वाभाविक लागेको तथा, सगरमाथा विश्वकै सर्वोच्च टाकुरा भएकोले सगरमाथा सबैको साझा सम्पत्ति हुने जिकिर गर्दै, नेपाली नोटमा यसको प्रयोगबाट बाहिरका मुलुक को धेरै नै चित्त दुखेको, गुनासो गर्दै नर्वेका राजाले, सगरमाथा को सट्टा राष्ट्रप्रमुख को तस्विर राख्न प्रचण्डलाई आग्रह गरेकाथिए । त्यसपछि केही बेर घोत्लिएका प्रचण्ड ले आफ्नै तस्विर राख्दा के हुन्छ भनि जिज्ञासा राखेका थिए । उनको प्रस्तावले रात्री भोजमा उपस्थित सबै कुटनिति नियोगका प्रतिनिधिहरु, नर्वेस्थित नेपाली समुदाय सबैनै जिल्ल परेका थिए । देशमा राष्ट्रपति हुँदाहुँदै किन आफ्नो नाम आफैँले सिफारिस गर्नुभएको भनेर नेपाली समुदायले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्ड ले भन्नुभयो : "ती रामवरण यादव कांग्रेसी हुन्, उनी केहिपटक मन्त्री पनि भइसकेकाछन्, संविधान सभाको चुनावपछि माओवादी सबैभन्दा ठूलो पार्टि भएको, गणतन्त्र को नारा माओवादीले मात्रै बोकेको, साथै गणतन्त्र नेपाल को प्रथम प्रधानमन्त्री भएकोले, हाम्रो महान पार्टि तथा हाम्रा हजारौँ सहिदको त्याग, तपस्या र बलिदान को लागि आफ्नो फोटो सुझाएको हुँ" ।
नर्वेस्थित, आकारपोष्टका प्रतिनिधि भन्छन्, सबैलाई जिल्ल पार्दै प्रधानमन्त्री प्रचण्ड ले यसोभनेपछि, भोलिपल्टै प्रचण्डलाई नयाँ तस्विरको डिजाइन देखाइएको थियो । यस्तो कुराहरु बाहिर समाचारमा आउँदा व्यापक विरोध हुनेभएकोले अहिलेकालागि यो कुराहरु बाहिर नल्याइदिनहुन प्रचण्डले उपस्थित सबैसँग विशेष आग्रह गर्नुभएको थियो । यस्तो गोप्यखबर, आकारपोष्ट का लागि चुहाइदिनुहुने हाम्रा पाठकलाई हार्दिक धन्यवाद, प्रचण्ड बाहिर नै हुनुभएकोले सुरक्षाका कारण हामीले हाम्रा पाठकको नाम गोप्य राखेका छौँ ।
नर्वेमा आयोजित रात्रीभोज को दोस्रो दिन, माओवादि पार्टि निकट डिजाइनर (कलाकार) व्दारा गरिएको कागजी नोट को डिजाइन:

Subscribe to:
Posts (Atom)